Duration 21:31

रिकेश विश्वकर्माकाे देशभक्ति गित ' हाम्रो देश ' सार्वजनिक

52 watched
0
5
Published 6 Jul 2021

धरान (२०७८/असार/२२) - सुनसरीको धरानमा गीतकार रिकेश विश्वकर्माकाे देशभक्ति गित ' हाम्रो देश ' सार्वजनिक भएको छ । धरान उपमहानगरपालिका, वडा नं ११ कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा देशभक्ति गीत ' हाम्रो देश ' काे म्युजिक भिडियो वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन् । गितमा आवाज धरानकै गायक तथा गायिकाहरू एपि शेर्पा, यशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेको रहेको छ । संगित भने सुजन रसाइलीको रहेको छ । भिडियोमा धरानकै स्थानियहरुले अभिनय र प्रस्तुती दिएका छन् । भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन र सम्पादन एडम लिम्बुले गरेका हुन् भने भिडियोको निर्देशन रिकेश विश्वकर्माकै रहेको छ । भिडियो भिजन नेपाल टिभीबाट सार्वजनिक गरिएको हो । आदिवासी जनजातिको पहिचान एवम् सबै समुदायलाई समेटिएको देश प्रति सम्मान स्वरुप उक्त गित निर्माण गरिएको गीतकारले विश्वकर्माले बताएका छन् ।

Category

Show more

Comments - 0